हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्थबिट २०७९-०७-१५ १४:३४:०० बजे

काठमाण्डौ।पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य बिहान भएको थियो।दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ।

नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले  उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर घटनास्थलमा पठाइएको  जानकारी दिइएको छ। 

दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो ।  तर अन्य थप कुनै विवरण  भने सार्वजनिक गरिएको छैन। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।