अक्टोबरमा श्रीलङ्कामा ४२ हजार भन्दा बढी पर्यटक आए

अर्थबिट २०७९-०७-१५ १४:३८:०० बजे

काठमाण्डौ।श्रीलङ्कामा अक्टोबर महिनामा ४२ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन् । योसँगै यस वर्ष हालसम्मको कूल पर्यटकको सङ्ख्या पाँच लाख ६८ हजार नाघेको देशको पर्यटन प्राधिकरणको तथ्याङ्कले मङ्गलबार सार्वजनिक गरेको छ ।

पर्यटनमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने दक्षिण एसियाली देश श्रीलङ्काले सन् २०२० सम्ममा कम्तीमा १० लाख पर्यटक भित्र्याउने अपेक्षा गरेको पर्यटन विकास प्राधिकरणले जनाएको छ ।

यदि यो सफल भयो भने श्रीलङ्काले पर्यटन क्षेत्रबाट १.८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन मन्त्री हरिन फर्नान्डले फिफा विश्वकपका लागि कतार जानेहरूका लागि कोलम्बोलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले काम भइरहेको बताएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।