इन्डोनेसियाका एयरपोर्टहरूमा जी २० प्रतिनिधिहरू र पत्रकारहरूका लागि फ्री-भिसा

अर्थबिट २०७९-०७-१५ १४:४१:०० बजे

काठमाण्डौ।जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारहरूले जकार्ताको सोइकार्नो-हट्टा अन्तरराष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तरराष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि नि:शुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन्। सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मङ्गलबार  सो बारे जानकारी दिएको हो। 

बाली रिसोर्ट टापुमा हुन लागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी, फिर्ता वा एकतर्फी टिकट र दर्ताको प्रमाण वा निमन्त्रणा पत्र लगायतका आवश्यक कागजातहरू मात्र पेश गर्नुपर्ने अधिकारीहरूले जनाएका छन् । 

 "नि:शुल्क- भिसा प्रवेश नीति नोभेम्बर  ज्ञड सम्म  कायम रहनेछ। र  जी-२० सहभागीहरूलाई इन्डोनेसिया प्रवेशमा सहजता ल्याउँने उद्देश्यले  सो निर्णय गरिएको जनाइएको छ। हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो अध्यागमन सेवाहरूसँग सहभागीहरूलाई सहज र सुरक्षित बनाउनु हो," एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख मुहम्मद टिटो एन्ड्रियान्टोले उल्लेख गरेका  छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।