भारतको मुुम्वइमा हुने अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाललाई निम्तो

अर्थबिट २०७९-०७-१७ ०९:३५:०० बजे

काठमाण्डौ।भारतको मुम्वइमा आगामी जनवरीमा आयोजन हुने वृहत अन्तर्राष्ट्रिय ज्वेलरी शोमा नेपाला सुनचाँदी व्यवसायीलाई पनि आमन्त्रण गरिएको छ । 

मेला आगामी जनवरी ५ देखि ९ सम्म भारतको मुम्वइमा आयोजना हुने छ । 

मेलामा सहभागिता जनाउन आग्रह गर्दै भारतको जिजेइपिसीका सिनियम म्यानेजर अजय पुरोहितले महासंघका अध्यक्ष शाक्यलाई बिहीबार औपचारिक रुपमा निमन्त्रणा दिएका छन् । 

वर्षेनि आयोजना हुँदै आएको उच्चस्तरीय इण्डिया इन्टरन्यासनल ज्वलरी शोमा भाग लिनका लागि नेपाल सुनचाँदी व्यवासायी महासंघलाई औपचारिक रुपमा आमन्त्रण गरिएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले जानकारी दिए । 

अध्यक्ष शाक्यका अनुसार इण्डिया इन्टरन्यासनल ज्वलरी शो मार्फत नेपाल र भारत दुई देशवीचको प्रविधि हस्तान्तरण एवं ब्यापार विस्तारमा समेत सहयोग पुुग्ने बताए । यसअघि पनि उक्त शो मा नेपालवाट महासंघको प्रविनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।