श्रीलङ्कामा नयाँ सफारी पार्क स्थापना गरिने

अर्थबिट २०७९-०७-१८ १८:२४:०० बजे

काठमाण्डौ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार वातावरण मन्त्रीलाई उत्तरी प्रान्तमा  एक हजार एकडमा सफारी पार्क स्थापना गर्न उपयुक्त जग्गा खोज्न निर्देशन दिनु भएको छ । 

श्रीलङ्काको चिडियाखानामा जनावरहरूको चाप बढेकाले तिनीहरूको व्यवस्थापनका लागि नयाँ सफारी पार्क आवश्यक रहेको उहाँले बताउँनु भएको छ। 

उहाँले कोलम्बोका केही उपनगरहरूमा रहेका मृगका ठूला बथानहरूलाई पनि स्थानान्तरण गर्न  आवश्यक रहेको बताँनु भएको छ। 

श्रीलङ्कामा सफारी प्रस्ताव गर्ने धेरै राष्ट्रिय निकुञ्जहरू छन्। यद्यपि, रिडियागामा एक मात्र व्यवस्थित सफारी पार्क रहेको छ  जुन  ५०० एकडमा फैलिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।