सुनचाँदी जस्ता वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका विषयमा छलफल

अर्थबिट २०७९-०७-१८ १४:०७:०० बजे

काठमाण्डौ।आन्तरिक राजस्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच वहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका विषयमा छलफल भएको छ ।  

विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबार गर्दा ब्यवसायीले पुरा गर्नुपर्ने प्रावधानका बारेमा जानकारी गराइएको थियो । त्यसक्रममा अवैध सम्पत्ति शुद्धिकरण र त्यसबाट पर्ने प्रभावका बारेमा समेत ब्यवसायीहरुलाई जानकारी गराइएको थियो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका  अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधिमण्डलसँग भएको छलफलमा विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डेय, निर्देशकद्धय मित्रलाल अधिकारी र हरि बस्याल लगायतको सहभागिता रहेको थियो ।

त्यसक्रममा महासंघका तर्फवाट महासचिव धर्मशुन्दर वज्राचार्य, कोषध्यक्ष सुदिप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसक्रममा विभाग र ब्यवसायीवीच यस किसिमका छलफलका कार्यक्रम आवश्यकता अनुसार आयोजना गर्दै जानुपर्ने आवश्यकता औंल्याइएको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।