श्रीलङ्कामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

अर्थबिट २०७९-०७-२० १५:२८:०० बजे

काठमाण्डौ। श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।

गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलङ्कामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत बर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।