राजश्व छली गरेको अभियोगमा मुद्दा

अर्थबिट २०७९-०७-२१ १४:२४:०० बजे

काठमाण्डौ।राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ ।

विभागले रु तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।