बजारमा सुनको अभाव !

अर्थबिट २०७९-०७-२१ ०८:०६:०० बजे

काठमाण्डौ।बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी मर्कामा मर्कामा परेका छन् । 

विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा ब्यवसायीलाई मर्का परेको बताउँछन् । उनका अनुसार आपूर्ति बढाउन महासंघले सम्वद्ध निकायसँग आवश्यक पलह गर्दै आइरहेको छ ।  

माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी ब्यवसायीहरुले नेपाल सुनचाँदी ब्यवसायी महासंघको धयानाकर्षण गराउँदै आपूर्ति ब्यवस्था प्रभावकारी बनाउनका लागि आवश्यक पहल गर्न आग्रह गर्न थालेका छन् । सोमबार रुपन्देही सुनचाँदी ब्यवसायी संघको प्रतिनिधीमण्डलले महासंघका आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुुझाएको छ । यसअघि ललितपुर सुनचाँदी ब्यवसायी संघले पनि यस्तै पत्र महासंघका बुुझाएको थियो । अन्यविभिन्न जिल्ला संघहरुले पनि आपूर्ति बढाउन आवश्यक पहलगर्न आग्रह गर्दै आएका छन् । 

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरुको भनाई छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।