काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९४ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजार ४०० ले उकालो हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार ९०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३० ले बढेर रु.एक हजार २९५ पुगेको महासङ्घले जनाएको छ ।