हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

अर्थबिट २०७९-०७-२५ १४:०८:०० बजे

काठमाण्डौ।इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ ।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताउनुभएको हो । 

आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, “यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ ।”

“नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,” उहाँले भन्नुभयो । 

हाजिजादेहले भन्नुभया, “मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना गर्न सक्ने प्रविधि आगामी दशकमा हासिल हुनेछ, यसले शत्रुको एन्टी–मिसाइल प्रणालीलाई निशाना बनाउन सक्छ र यसको उत्पादनले नयाँ पुस्ताका क्षेप्यास्त्रको विकासमा ठूलो फड्को मारेको छ ।” 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।