राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक

अर्थबिट २०७९-०७-२६ १८:२६:०० बजे

काठमाण्डौ।अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक  रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।  भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, "भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति बाइडेनको पदभार ग्रहण  लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुग्नु भएको थियो। 

"दुई नेताले पटक-पटक  फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ ।    अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयातका  दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच  छलफल भइरहेका छन् र  राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ," सुलिवानले भन्नुभयो।  

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग  पनि भेटवार्ता गर्नु भएको थियो।  

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको  बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गर्नु भएको  न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जी-२० अन्तरराष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपिको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाईको प्रतिनिधित्व गर्दछ।

जी-२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा  लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने  जी-२० शिखर सम्मेलन  भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तरराष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।