अमेरिकी मध्यावधि निर्वाचनःसिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित

अर्थबिट २०७९-०७-२७ १०:४१:०० बजे

काठमाण्डौ।अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै उक्त दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ । 

नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेका केबल न्युज नेटवर्कले जनाएको छ । सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन्भने रिपब्लिकनका ४९ जनामात्र छन् । 

प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।