चीन विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा रहिरहने

अर्थबिट २०७९-०७-२८ ०७:५४:०० बजे

काठमाण्डौ।चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ ।त्यस अवसरमा उहाँहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।

चीन संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसङ्घसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिनुभएको थियो ।

तेस्रो विश्वका देशहरुलाई ऋण तथा अन्या आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पु¥याउनु पर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिनुभएको थियो ।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राख्नुभएको थियो । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङ्को ध्यानाकर्षण गराउनुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।