विश्वव्यापी आर्थिक पुनरुत्थानका लागि एकता र सहकार्यको आह्वान गरेको ‘बी–ट्वन्टी’ नेताको भनाइ

अर्थबिट २०७९-०७-२९ १६:०८:०० बजे

काठमाण्डौ।ग्रुप अफ–ट्वन्टी (जी–ट्वन्टी) को शिखर सम्मेलनमा व्यापारको आवाजको प्रतिनिधित्व गर्ने बिजिनेस–ट्वन्टी (बी–२०) का नेताले शिखर सम्मेलनमा बलियो पुनरुत्थान, समावेशी र दिगो वृद्धिका लागि बलियो अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले दुई दिने सम्मेलनको समापन समारोहमा विश्व व्यापार समुदायलाई आशावादी रहन र विश्वव्यापी पुनरुत्थानका लागि मिलेर काम गर्न आग्रह गर्नुभएको छ । 

विडोडोले भन्नुभयो, “कोभिड–१९ महामारी, भूराजनीतिक तनाव, खाद्यान्न, ऊर्जा र वित्तीय संकटलगायत आज विश्वले सामना गरिरहेका विविध सङ्कटलाई ध्यानमा राख्दै मैले भन्न चाहन्छु कि हरेक समस्या वा चुनौतीको लागि त्यहाँ सधैं चाँदीको घेरा हुन्छ । त्यसैले निराशावादी नहुनुहोस् ।” 

बी–ट्वन्टी इन्डोनेसियाका अध्यक्ष शिन्ता विदजाजा कामदानीले यस वर्षको बी–ट्वन्टी शिखर सम्मेलनले जी–ट्वन्टीका नेताहरूलाई आर्थिक नीति, लगानी, व्यापार लगायत अन्य क्षेत्रमा कार्ययोग्य नीतिगत सुझावहरू प्रदान गर्ने लक्ष्यका साथ विश्वव्यापी व्यापार समुदायलाई एक साथ ल्याएको बताउनुभयो । 

इन्डोनेसियाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष अरशजाद रसजिदले भन्नुभयो, “बी–ट्वन्टी शिखर सम्मेलन विश्वव्यापी व्यापार र विचारक नेताहरूलाई एक साथ ल्याउने आशामा आयोजित गरिएको थियो । यसले व्यापारिक दृष्टिकोणबाट महत्वपूर्ण आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्न र प्राथमिकताका कारणहरूमा सहमति र साझा कारणहरू पत्ता लगाउन संयुक्त मोर्चा बनाएर अगाडि बढ्न सकियोस् ।”

जी–ट्वन्टी का सदस्य अर्थतन्त्रका व्यापारिक प्रतिनिधिहरूको शिखर सम्मेलन बी–ट्वन्टी शिखर सम्मेलनले विश्वव्यापी आर्थिक शासनमा भाग लिन विश्वभरका उद्यमहरूका लागि महत्वपूर्ण मञ्चको रूपमा काम गर्दछ ।

इन्डोनेसियाको बाली टापुमा मङ्गलबार र बुधबार जी–ट्वन्टी नेताहरूको शिखर सम्मेलन हुँदैछ । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मूल नाराका साथ आयोजना हुने जी–ट्वन्टी शिखर सम्मेलनले विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा प्राथमिकताका विषयमा ध्यान केन्द्रित गर्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।