“विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन हामीले तत्काल कदम चाल्नु आवश्यक": राष्ट्रसङ्घ प्रमुख

अर्थबिट २०७९-०७-२९ १६:१४:०० बजे

काठमाण्डौ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । 

इन्डोनेसियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन हामीले तत्काल कदम चाल्नु आवश्यक छ । ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले बालीमा हुने जी–२० शिखर सम्मेलनपछि आफ्ना समकक्षी भ्लादिमिर पुटिनलाई फोन गर्ने म्याक्रोँनिकट एक फ्रान्सेली अधिकारीले बताएका छन् । 

युक्रेनमाथिको आक्रमणका कारण पुटिन ‘एक्लो’ भएको बताउँदै ती अधिकारीले भने, ’म्याक्रोँले जी–२० पछि उहाँलाई फोन गर्नुहुने छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।