काठमाण्डौ।सुनचाँदी बजारमा साताको चौथो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार ४०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९८ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ९०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३० ले घटेर रु.एक हजार २९५ मा आएको महासङ्घले जनाएको छ ।