जी–ट्वन्टी शिखर सम्मेलन : गम्भीर विश्वव्यापी आर्थिक चुनौतीको सामनाका लागि प्रतिवद्धता

अर्थबिट २०७९-०८-०१ १६:०७:०० बजे

काठमाण्डौ। जी–ट्वन्टी समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी समूहका नेताहरूले विश्वव्यापी आर्थिक पुनरुत्थान, विश्वव्यापी चुनौतीहरूको सामना गर्न र सबल, दिगो, सन्तुलित र समावेशी विकासको जग बसाल्न सहयोग आवश्यक रहेको बताएका छन् ।

समूहले विकासशील देशहरू, विशेष गरी कम विकसित र साना टापु विकासशील देशहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

नेताहरूले रोजगारी र वृद्धि प्रदान गर्ने सुदृढ, समावेशी र लचिलो विश्वव्यापी पुनरुत्थान र दिगो विकास हासिल गर्न समन्वय गर्ने बताएका छन् । 

यसैबीच, समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ । 

समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार शिखर बैठक समापान समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गर्नुभएको हो । 

जी ट्वेन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।