युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

अर्थबिट २०७९-०८-०२ १७:५७:०० बजे

काठमाण्डौ।काठमाण्डौ।रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । 

युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चारमहिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गर्नुभएको छ । इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गर्नुभएको घोषण तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन । युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्धविभिषिका चर्काएको छ । 

किएभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र  तथा इरानमा बनेका पाँच वटा मानवरहित विमान खसालेको बताएको छ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बाढएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।