मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय

अर्थबिट २०७९-०८-०५ १३:४७:०० बजे

काठमाण्डौ।न्युजिल्याण्डले मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्ने निर्णय गर्ने भएको छ । देशका सांसदले राष्ट्रिय मतदानको उमेर १८ बाट घटाएर १६ वर्षमा झार्नेनझार्ने भन्ने विषयमा आज मतदान गर्ने भएका छन् । 

देशको सर्वोच्च अदालतले १६ र १७ वर्ष उमेर समूहका जनसङ्ख्यालाई मतदान गर्न अनुमति नदिने उमेर भेदभावको रुपमा फैसला आएपछि प्रधानमन्त्री जसिन्डा अर्डेनको उक्त घोषणा सार्वजनिक भएको हो । उहाँले व्यक्तिगतरुपमा उमेर घटाउने पक्षमा रहेको बताउँदै त्यसनिम्ति सांसदको बहुमत अर्थात् सात सय ७५ मत आवश्यक पर्छ । उदारवादी लेबर पार्टीकी नेत्री उहाँले मतदानको उमेर परिवर्तन गर्न सांसदको स्पष्ट अभिमत आत्यावश्यक भएको बताउनुभएको छ । 

विश्वका धेरै देशले मतदाताको उमेर घटाउने सम्बन्धमा बहस गरिरहेका छन् भने अष्ट्रिया, माल्टा, ब्राजिल, क्युबा र इक्वेडरले १६ वर्षमा नै मतदानको अधिकार दिएका छन् । न्युजिल्याण्डको ‘मेक इट सिक्सटिन’ अभियानका सहनिर्देशक सनत सिंहले अदालतको निर्णयबाट आफू अत्यन्त उत्साहित भएको बताउँदै आजको दिन आफ्नो अभियानका निम्ति मात्र नभई देशका लागिसमेत ऐतिहासिक भएको बताएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।