काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजारले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३० ले घटेर रु.एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ ।