शीतलहरको चेतावनीे

अर्थबिट २०७९-०८-१२ १३:४२:०० बजे

काठमाण्डौ। बेइजिङमा सोमबार साँझदेखि बुधबारसम्म चिसो अत्यधिक बढ्ने महानगरीय मौसम महाशाखाले चेतावनी दिएको छ ।

उक्त अवधिमा शीतलहर चल्ने र तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने विभागले जनाएको छ ।

आइतबारदेखि शीतलहर (चिसो सिरेठो) चल्ने भन्दै आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई सचेत गराइएको छ । 

आगामी शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट माइनस तीन डिग्री सेल्सियसमा झर्ने र आगामी तीन दिनसम्म चिसो सिरेठो चल्ले महाशाखाले जनाएको छ । 

शीतलहरका लागि कृषि, वन, तातोपानी, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरेपनि त्यहाँका बासिन्दालाई अतिआवस्यक काममा बाहेक अन्य प्रयोजनका लागि बाहिर ननिस्कन, घरभित्रै बस्न र न्यानो रहन पनि सुझाव दिइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।