‘खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’

अर्थबिट २०७९-०८-१४ ०७:१३:०० बजे

काठमाण्डौ।खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) द्वारा युरोपेली सङ्घसँगको साझेदारी र  समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, विद्युत् अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसरमा पनि प्रभाव परेको छ । 

खडेरी र कमजोर शासनको परिणाम स्वरूप अफगानिस्तानको आधा भन्दा बढी जनसङ्ख्याले गम्भीर खाद्यान्न अभावको झेलिरहेको छ ।  सर्वेक्षणले गरिबीका कारण अफगानीको जीविकोपार्जनमा नकारात्मक असर परेको, ग्रामीण क्षेत्रका धेरै मानिसलाई उनीहरूको स्रोत विविधीकरणमा पर्याप्त उपलव्ध नभएको तथा करिब ६० प्रतिशत जनसङ्ख्या जलवायु आघातबाट पीडित  भएका देखाएको छ । 

यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले पनि अफगानिस्तानको आर्थिक सङ्कटलाई लिएर गम्भी। चिन्ता व्यक्त गरेको छ । व्याप्त आर्थिक सङ्कटले देशभरका परिवार र समुदायको जीविकोपार्जनमा समस्या भएको उसले बताएको छ । डब्ल्युएफपीले साना उद्यममा असर परेको, निजी कम्पनीले बिक्रीमा  भएको कमी,  उत्पादन र उपभोक्ता मागमा आएको विशाल गिरावटका कारण आधाभन्दा बढी कर्मचारी कटौती गरिएको जनाएको छ । लाखौँ अफगानी भोकमरीको चपेटामा पर्नसक्ने जनाउँदै उक्त संस्थाले मानवीय सङ्कटबाट अफगानिस्तानलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।