चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

अर्थबिट २०७९-०८-१५ १५:३५:०० बजे

काठमाण्डौ।हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ । 

सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो । 

जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए । 

अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले २३ बटा सामुद्रिक मार्गहरू सञ्चालन गरिरहेका छन्, जुन युरोप, मध्य एशिया र दक्षिणपूर्वी एशियाका लगभग ८० सहरहरूमा पुग्ने गर्छन् । यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म, जियाङ्सु र युरोपबीचको मालवाहक रेल यात्राको सङ्ख्या १८ हजार पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतको वृद्धि हो ।

जियाङ्सुको विदेश मामिला विभागका अनुसार मालबाहक रेल सेवाले क्षेत्रीयस्तरमा मैत्रीपूर्ण आदानप्रदानलाई बढावा दिएको छ । यस प्रदेशले ६४ देशसँग तीन सय ५४ अन्तर्राष्ट्रिय भगिनी साझेदारीमा हस्ताक्षर गरेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।