रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

अर्थबिट २०७९-०८-१५ १५:४३:०० बजे

काठमाण्डौ। युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको छ । 

उहाँले भन्नुभयो, “हामीले रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौं । साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं ।” 

अन्तराष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ ।

उहाँले भन्नुभयो, “छोटो अवधिमा, युरोपेली सङ्घ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन् । 

उहाँले थप्नुभयो, “हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ ।”

उहाँले भन्नुभयो, “ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ, जसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्नेछ ।”   

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।