काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ६०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ५०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.४० ले बढेर रु.एक हजार ३३० कायम भएको महासङ्घले जनाएको छ ।