भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासी फिनल्याण्डको प्राथमिकतामा

अर्थबिट २०७९-०८-१६ १५:५७:०० बजे

काठमाण्डौ।फिनल्याण्डले मुलुकको श्रम क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आवश्यकता परिपूर्तिका निम्ति भारत, भियतनाम, टर्की र ब्राजिलका आप्रवासीलाई प्राथमिकता दिने भएको छ ।  आर्थिक मामिला तथा श्रम मन्त्रालयले विशेष गरी ती देशलाई लक्ष्यित श्रमिक आपूर्ति गर्ने राष्ट्रका रुपमा परिभाषित गरेको छ । 

फिनल्याण्डले भारत, भियतनाम, टर्की र ब्राजिलमा प्रतिभावान सल्लाहकार पठाएर देशका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति प्राप्तिका निम्ति साझेदारी गर्ने श्रम मन्त्रालयका आप्रवासन निर्देशक सोन्जा हमलानेनले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताइन् । आगामी दश वर्षमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने १० प्रतिशत श्रमशक्ति अन्तर्राष्ट्रिय भर्तीबाट पूर्ति गर्नुपर्ने बताउँदै उनले ती देशका आप्रवासी कामदारलाई प्राथमिकतामा राखिएको जानकारी दिइन् । 

फिनल्याण्डको श्रम ऐनअनुसार एकजना विदेशी कामदारले पति वा पत्नीसहित दुई नाबालिग ल्याउन सक्छन् तर पति वा पत्नीको मासिक आम्दानी कम्तीमा दुई हजार छ सय युरो हुनुपर्नेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।