स्विट्जरल्यान्डमा १५ शीर्षकमा ७.९ अर्ब अमेरिकी डलर रूसी सम्पत्ति जफत

अर्थबिट २०७९-०८-१६ १६:०५:०० बजे

काठमाण्डौ।स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्र््याङ्क (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।

महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्वीस फ्र््याङ्क बढी हो ।

धनी रूसी र तीनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।

सेकोका द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख एर्विन बोलिङ्गरले पत्रकारहरूसँग भन्नुभयो, “कुनै पनि समयमा जफत गरिएको रकमले ‘प्रतिबन्धहरूको प्रभावकारिता प्रतिबिम्बित गर्न’ आवश्यक नभएको बताउनुभयो ।

स्वीस अधिकारीहरूले रूसमाथि प्रतिबन्धहरू लागू गर्न खोजिरहेका छन् कहिलेकाँही सावधानीको उपायको रूपमा सम्पत्तिलाई रोक्का गरिन्छ र कहिलेकाहीँ स्पष्टीकरण पूरा भएपछि पनि फेरि प्रतिबन्ध जारी हुन सक्छ ।

रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली सङ्घको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो ।

युरोपेली सङ्घका समकक्षीहरूजस्तै स्वीस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्वीस फ्रयाङ्कभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।

विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६.१ अर्ब स्वीस फ्र््याङ्क घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।