कम्बोडिया व्यावसायिक सुन उत्पादनमा अग्रसर

अर्थबिट २०७९-०८-१६ १६:०७:०० बजे

काठमाण्डौ।कम्बोडियाले गत वर्ष जुनमा व्यावसायिक उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको सोल्युसनसहित ४.८२ टन डोरे बार उत्पादन गरेको खानी तथा ऊर्जा मन्त्री सुय सेमले बुधबार बताएका छन् ।

मन्त्री सेमले देशमा हाल रेनेसान्स मिनरल्स, डेलकम कम्पुचेआ, सिन्सान इन्डस्ट्रियल (कम्बोडिया), र जिङ युआन काङ येक गरी चारवटा सुन खानी कम्पनी  सञ्चालनमा रहेको बताएका छन् ।

सेमका अनुसार रेनेसान्स मिनरल्सले हालसम्म ४ हजार ५ सय ९८ केजी डोरे बार, डेलकम कम्पुचियाले १६० केजी, सिन्सान इन्डस्ट्रियल कम्बोडियाले ४५ केजी र सिङ युआन काङ याकले २२ किलोग्राम परिष्कृत सुन उत्पादन गरेका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रले जुन २०२१ मा उत्तरपूर्वी मोन्डुलकिरी प्रान्तको केओ सेमा जिल्लाको सुन खानी स्थलमा पहिलो पटक व्यावसायिकरूपमा सुन निकाल्न उत्खनन गर्न हो। 

कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले ती खानी परियोजनाबाट सरकारले वार्षिक करिब ४ करोड अमेरिकी डलर कर र रोयल्टी कमाउने अपेक्षा गरिएको बताएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।