कच्चा तेलको मूल्य घटाउने निर्णय

अर्थबिट २०७९-०८-१७ १४:१४:०० बजे

काठमाण्डौ।कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो ।

युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो ।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ । 

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् ।

ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।