कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न सुनचाँदी व्यवसायीको आग्रह

अर्थबिट २०७९-०८-१९ ०४:००:०० बजे

काठमाडौ।सुनचाँदी व्यवसायीहरुले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । 

कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति ब्यवस्थालाई सुधार गर्न आग्रह गरेका हुन् । 

नेपाल सुनचाँदी ब्यवसायी संघ चितवनको प्रतिनिधि मण्डलले सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति ब्यवस्था प्रावकारी बनाउन र यसका लागि सरकारसँग आवश्यक समन्वय समेत र्गर्न आग्रह गरेका छ । 

महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई ज्ञापनपत्र बुझाउने क्रममा संघको सो प्रतिनिधि मण्डलले सुनको वितरण प्रणालीमा समेत सुधार गरी समसामयिक र व्यववहारिक बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष डा. यमवहादुर विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रभावकारी व्यववस्था गर्न समेत आग्रह गर्यो । 

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले व्यवसायीका गुनासालाई महासंघले गम्भीर रुपमा लिएको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । त्यसक्रममा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, बिशिष्ट सदस्य माणिकरत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, पवन कुमार सोमानी, महेन्द्र शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मशुुन्दर शाक्य लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । 

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यववसायीहरुको भनाई छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।