खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने

अर्थबिट २०७९-०८-२१ ०३:०५:०० बजे

काठमाण्डौ।राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले  खाद्यले धान खरिद गर्न लागेको हो ।  

बजेटसँगै  निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताउनुभयो । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको  छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले  यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।