काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौं कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९९ हजार ७०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. ४०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार २०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु.एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ ।