एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई

अर्थबिट २०७९-०८-२२ १८:१८:०० बजे

ढाका।एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।

सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ ।

बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।   बङ्गलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ  बनाउन बजेटरी सहयोगका रूपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।