एफडीआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त

अर्थबिट २०७९-०८-२४ ०७:१४:०० बजे

कोलम्बो।श्रीलङ्काले यस वर्षको पहिलो छ महिनामा ५२३ मिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको एक छ। 

श्रीलङ्काका लगानी बोर्ड (बीओआई) का वरिष्ठ अधिकारी निरोसानीले यो सरकारले तोकेको वार्षिक लक्ष्यको ५२.३ प्रतिशत रहेको बताएकी छन् ।

निरोसानीले बीओआई अन्तर्गत  एक हजार ५५० कम्पनी दर्ता भएकाले ५ लाखभन्दा बढी रोजगारी सृजना भएको समेत उल्लेख गरेकी छन् । 

श्रीलङ्काले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न १५ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू बनाएको छ र सरकारले देशलाई थप लगानीमैत्री बनाउन केही कानूनहरू पुनरावलोकन गर्न खोजिरहेको  बताएकी छन् ।

उनका अनुसार सन् १९७८ देखि  २०२२ को मध्य सम्ममा श्रीलङ्काले २०.६ बिलियन अमेरिकी डलर एफडीआईको रूपमा प्राप्त गरेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।