नोभेम्बरमा श्रीलङ्काको विप्रेषण आम्दानी दरमा वृद्धि

अर्थबिट २०७९-०८-२४ १४:१३:०० बजे

कोलम्बो। विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ ।   

श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलङ्काका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा बृद्धि भएको पुष्टि गरेको छ । 

सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कूल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ । यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो । 

मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ ।  

श्रीलङ्काको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ । त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।