अमेरिकाको कर सम्बन्धी मुद्दामा डब्लुटीओको निर्णयको चीनद्वारा प्रशंसा

अर्थबिट २०७९-०८-२५ १४:२७:०० बजे

बेइजिङ।संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) को निर्णयको प्रशंसा गरेको छ ।

बाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भन्नुभएको छ ।  अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टील र आल्मुनियममा कर लगाएको छ । यस्ता कार्यहरू सारमा एकपक्षीयवाद र संरक्षणवादको अभ्यास हुन् र यसले डब्लुटीओका नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई गम्भीर क्षति पु¥याएको छ ।

यी कदमहरूको डब्लुटीओका धेरै सदस्यराष्ट्रहरूले विरोध गरिरहेका छन् भने अमेरिकाभित्र पनि यसको व्यापक आलोचना गरिएको छ । उहाँले भन्नुभयो, “यसले के देखाएको छ भने विश्व व्यापार सङ््गठनको सुरक्षा अपवादका धाराहरू एकपक्षीयवाद र संरक्षणवादका लागि ‘आश्रयस्थल’ होइनन् । अमेरिकी पक्षले विश्व व्यापार सङ्गठनको विशेषज्ञ समितिको निर्णयको सम्मान गर्नेछ र विश्व व्यापार सङ्गठनको नियमहरूको पालना गर्नेछ, जतिसक्दो चाँडो आफ्ना गलत कामहरू सच्याउनेछ र बहुपक्षीय व्यापार प्रणालीको संयुक्त रूपमा रक्षा गर्न चीन र डब्ल्यूटीओका अन्य सदस्यहरूसँग मिलेर काम गर्नेछ ।” 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।