रूसले क्वान्टम कम्युनिकेसन नेटवर्कमा करिब सात करोड अमेरिकी डलर लगानी गर्ने

अर्थबिट २०७९-०९-०३ ०७:४०:०० बजे

भ्लादिभोस्टोक। रूसी सरकारले सन् २०२३-०२४ मा सरकारी स्वामित्वको रूसी रेलवेलाई क्वान्टम कम्युनिकेसन नेटवर्क विस्तार गर्न चार अर्ब ५० करोड रुबल (छ करोड ९४ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । 

यसको डिजिटल अर्थव्यवस्था ढाँचा विकास गर्नका लागि सरकारले रूसी रेलवेमा २०२१ देखि २०२४ सम्म क्वान्टम संचार नेटवर्क विकास गर्न कूल नौ अर्ब ४० करोड रूबल अर्थात् करिब १४ करोड ४९ लाख अमेरिकी डलरलगानी गर्ने योजना बनाएको हो । 

संरचनामा सम्भावित प्रयोगकर्ताहरूको लागि क्वान्टम सञ्चारलाई बढावा दिने उपकरणहरू, बिक्री बजारको विकास, सेवाहरूको व्यावसायीकरण र क्वान्टम संचारका उत्पादनहरू गरी १२० भन्दा बढी परियोजनाहरू समावेश छन् ।

सन् २०२१ मा मस्को र सेन्ट पिटर्सबर्गबीच निर्माण गरिएको पहिलो क्वान्टम कम्युनिकेसन लाइन ७०० किलोमिटर लामो छ र सन् २०२४ सम्ममा यसलाई बढाएर सात हजार किलोमिटर पु¥याउने योजना रूसले अघि सारेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।