सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए

अर्थबिट २०७९-०९-०३ १३:३०:०० बजे

कोलम्बो।सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले  रोजगारीका विदेशिएका छन् ।

अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री,  मानुषा नानायकाराले श्रीलङ्काको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक हो ।  

 वैदेशिक रोजगारीमा जानेहरूले पठाएको  विप्रेषणले श्रीलङ्कालाई वर्तमान आर्थिक सङ्कटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ ।  

नोभेम्बर २०२२ मा श्रीलङ्काका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४.४ मिलियन अमेरिकी डलर पुगेको बताइएको ।

पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।