काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ५०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु.१ लाख ५०० मा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रति तोला रु. १ लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै रु.एक हजार ३८० कायम भएको महासङ्घले जनाएको छ ।