चीनका पूर्व उद्योगमन्त्री कारबाहीमा, अरूबाट ठूलो रकम लिएको पनि उल्लेख

अर्थबिट २०७९-०९-०५ १२:०४:०० बजे

बेइजिङ।चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । 

सीपीसी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको कारण जिओलाई कारबाही गरिएको सीपीसी केन्द्रीय अनुशासन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शीर्ष एन्टी–ग्राफ्ट एजेन्सीले गरेको अनुसन्धानमा जिओले आफ्नो काममा निष्पक्षतामा सम्झौता हुन सक्ने भोजमा भाग लिएको र अरूबाट ठूलो रकम लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

जिओलाई पार्टीबाट निष्कासन गरिएको, पदबाट बर्खास्त, सार्वजनिक हैसियतमा घटुवा गरी अवकाश दिइएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।