६२ लाख श्रीलङ्कालीहरू तीव्र खाद्य असुरक्षाको चपेटामा

अर्थबिट २०७९-०९-०५ १२:०६:०० बजे

कोलम्बो।संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

एफएओले जुनदेखि डिसेम्बर २०२२ सम्मको आफ्नो प्रतिवेदन सोमबार सार्वजनिक गर्दै सो कुरा बताएको हो । प्रत्येक दश घरपरिवारमा चारले आफ्नो आयमा कमीको अनुभव गरिरहेको छ  र प्रत्येक दुई घरपरिवारमा एकले खाद्य असुरक्षाको खतरा अनुभव गरिरहेका छन् ।

एफएओका अनुसार श्रीलङ्काका ४० प्रतिशत जनता आफ्नो जीविकोपार्जनका लागि कृषिमा निर्भर छन् र २०२२ मा धानको उत्पादन लागत १०० प्रतिशतभन्दा बढीले बढेको छ ।

एफएओले स्थानीय बजारमा खाद्यान्नको आपूर्ति घट्दै गएको र श्रीलङ्काका किसान र उनीहरूका समुदायहरूलाई सहयोग गर्ने अवसरको पर्खाइमा रहेको बताएका छन् । 

एफएओले सन् २०२२–२०२३ मा लागू हुने आफ्नो आपतकालीन सम्बोधनका लागि ५१.१७ मिलियन अमेरिकी डलर परिचालन गरेको बताएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।