सङ्कट आउन नदिन बङ्गलादेशका प्रधानमन्त्रीद्वारा खाद्य उत्पादनमा जोड

अर्थबिट २०७९-०९-०५ ०९:३६:०० बजे

ढाका।देशमा खाद्यान्नको सङ्कट आउन नदिनका लागि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले खाद्यान्न उत्पादनका काममा जोड दिन आह्वान गर्नुभएको छ ।

उहाँले देशमा कृषिका आयोजनाहरुलाई प्राथमिकता दिइने भन्दै खाद्यान्न उत्पादनका काममा बढी जोड दिन सबैलाई आग्रह गर्नुभएको हो ।

विश्वका कतिपय देशमा अहिले खाद्य संकटको समस्या आइरहेकाले यस्तो समस्याबाट बच्नका लागि कृषि उत्पादनमा ध्यान दिनुपर्ने अवस्था आएको उहाँको भनाई छ ।उहाँले युनइटेड न्युज अफ बङ्गलादेशसँगको अन्तरवार्ताका क्रममा सो कुरा बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले देशभित्र कृषि उत्पादनमा जोड दिनुपर्छ । हामीले खाद्यान्न उत्पादनका आयोजनाहरुलाई बढी भन्दा बढी मात्रामा प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । विश्वका कतिपय देशमा अहिले खाद्यान्न अभाव तथा खाद्या असुरक्षाका समाचारहरु आइरहेकाले हामीले त्यसप्रति ध्यान दिनु आवश्यक छ ।

विश्वमा आर्थिक मन्दी देखिएको र यसका कारण खाद्यान्नको मूल्यमा पनि अत्यधिक मात्रामा बृद्धि भएकाले क्रयशक्ति कम भएका मानिसहरुले खाद्यान्न किनेर खान सक्ने अवस्था पनि नहुनसक्ने तर्फ सबैले सोच्नुपर्ने पनि उहाँले जोड दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।