वैदेशिक लगानी आकर्षित गर्न प्रवेशाज्ञाको नयाँ व्यवस्था

अर्थबिट २०७९-०९-०५ ०९:३९:०० बजे

कोलम्बो।वैदेशिक लगानी आकर्षित गर्न श्रीलङ्का सरकारले प्रवेशाज्ञामा नयाँ व्यवस्था गरेको छ । बन्दरगाह शहर कलम्बोमा विदेशीलाई लगानी, रोजगारी र आवासीय प्रवेशाज्ञा जारी गर्ने अनुमति अध्यागमन विभागलाई दिइएको छ । 

अध्यागमन विभागसँगको समन्वयमा कलम्बो पोर्ट सिटी इकनमिक कमिसनले अब लगानीकर्ता, लगानीकर्तासँगै रोजगारीमा आउने श्रमिक तथा अन्य विदेशी नागरिकलाई  आवासीय प्रवेशाज्ञा जारी गर्ने अधिकार दिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावर्देनाले बताएका छन् । 

गृहमन्त्री तिरन एलेसको प्रसतावलाई सरकारले स्वीकार गर्दैै कलम्बो पोर्ट सिटी इकनमिक कमिसनलाई प्रवेशाज्ञा जारी गर्ने अधिकार दिइएको मङ्गलबार यहाँ भएको पत्रकारसम्मेलनमा मन्त्रिपरिषदेका प्रवक्ताले बताए । 

प्रवेशाज्ञाको नयाँ व्यवस्थाबाट विदेशी लगानी भित्र्याउत तथा बन्दरगाह शहरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको प्रवक्ता गुनावर्देनाले बताए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।