ग्यास सिलिण्डर विष्फोट हुँदा बाह्र जनाको मृत्यु

अर्थबिट २०७९-०९-०५ ०९:४१:०० बजे

इस्लामाबाद।पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । 

स्थानीय अधिकारीहरूका अनुसार लासबेलाको बेला क्षेत्रमा अवस्थित ग्यास भर्ने पसलमा सिलिण्डरमा ग्यास भर्ने क्रममा विष्फोट हुँदा उक्त हताहति भएको हो । विष्फोटसँगै पसल वरपर भीषण आगो लागेको थियो । आगोमा परी २५ जना घाइते भएका तथा ती मध्ये १२ जनाको मृत्यु भएको हो । 

घाइेतहरूलाई तत्काल दक्षिण बन्दरगाह शहर कराँचीको सिभिल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । 

विष्फोटबाट शुरु भएको आगोले ग्यास भने पसलमा राखिएका अन्य सिलिण्डर पनि विष्फोट हुँदा नजिकैका चार वटा पसल तथा ‘पार्क’ गरिएका १२ वटा सवारी साधन ध्वस्त भएका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।