गठबन्धन सरकार गठन हुँदै

अर्थबिट २०७९-०९-०५ ११:४०:०० बजे

सुभा।फिजीमा गठबन्धन सरकार गठन हुने भएको छ । विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले नेशनल फेडरेशन पार्टीको साझेदार पिपल्स एलायन्ससँग मिलेर गठबन्धन सरकार गठन गर्न लागेको हो । 

आगामी चार वर्षका लागि गठन हुने गठबन्धन सरकारका निम्ति  सोसल डेमोक्र्याटिक लिबरल पार्टीले  पिपल्स एलायन्स र नेशनल फेडरेशनका नेताहरूसँग बेग्लाबेग्लै वार्ता गरेको छ । 

गत बुधबार भएको आमनिर्वाचनमा फिजी फस्ट पार्टीले २६, पिपल्स एलायन्सले २१, विपक्षी दल सोसल डेमोक्र्याटिक लिबरल पार्टीले तीन र नेशनल फेडरेशन पार्टीको साझेदार पाँच स्थान जितेको थियो । 

फिजीको निर्वाचन प्रणालीअनुसार ५५ सदस्यीय संसद्मा २८ वा सोभन्दा बढी स्थान जित्ने दलले सरकार गठन गर्नसक्ने प्रावधान छ । सन् २०१४ देखि सत्तामा रहेको फिजी फस्ट पार्टीले यो निर्वाचनमा बहुमत हासिल गर्न सकेन । विपक्षी गठबन्धनले २९ सिटका साथ नयाँ सरकार बनाउने छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।