देशभरिका सुन चाँदी व्यवसायीहरुको धनजनको सुरक्षामा गम्भीर प्रश्न चिन्ह!

अर्थबिट २०७९-०९-०६ ०१:३२:०० बजे

काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघको सुदुर पश्चिम प्रदेश अन्तर्गत रहेको कैलाली सुनचाँदी व्यवसायी संघमा आवद्ध सुनचाँदी व्यवसायी सदस्य घोडाघोडी सुन चाँदी पसलका संचालक विकास सुनारलाई गत पौष ३ गतेका दिन साँझ करिब ५ः३० बजे अत्तरियामा रहेको पसलबाट डेरामा फर्कदैं गर्दा अत्तरिया चोक पूर्वतर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र प्रेट्रोल पम्पको नजिक अपरिचित लुटेराहरु बन्दुक सहित मोटरसाईकलमा आएर एक्कासि गोली प्रहार गरी घाईते बनाई साथमा रहेको सुन चाँदी नगद, पसलको चाबी लुटेर फरार भएको घटना प्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

“यसबाट उक्त प्रदेश मात्र नभई समस्त देशभरिका सुन चाँदी व्यवसायीहरुको धन जनको सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल कमजोर बनाई व्यवसाय नै कसरी सुरक्षित भई संचालन गर्ने भन्ने वातावरण बनाएको छ ।”,महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

“यसर्थ मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब पक्राउ गरी कारवाही गर्न महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ । लुटेराहरुको अबिलम्ब पहिचान गरी यथाशिघ्र कारबाही गरेर कानुनी राज्यको अनुभूति दिलाई क्षतिपुर्तिको माग गर्दछौं । घाईते व्यवसायीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघ सरकारसँग जोरदार माग गर्दछ ।”महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।