युक्रेनको आर्थिक स्थिरताका लागि नयाँ कार्यक्रम स्वीकृत

अर्थबिट २०७९-०९-०६ ०७:३१:०० बजे

कीभ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनको समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा सहयोग पु¥याउन नयाँ कार्यक्रम स्वीकृत गरेको छ । 

 कार्यक्रमले समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्वमा दातृ निकायको वित्तपोषणलाई उत्प्रेरित गर्न नयाँ कार्यक्रम स्वीकृत गरेको युक्रेनको केन्द्रीय बैंकले जनाएको हो ।

“बोर्डको संलग्नताको साथ चार महिनाको कार्यक्रम अनुगमनले प्रत्यक्ष रूपमा वित्तीय सहायता प्रदान गर्दैन, तर आईएमएफको नयाँ, दीर्घकालीन माथिल्लो–क्रेडिट किस्ता कार्यक्रममा संक्रमणको लागि उपकरणहरू सिर्जना गर्दछ,” बैंकले मङ्गलबारजारी विज्ञप्तिमा भनेको छ । 

यस कार्यक्रमको उद्देश्य राज्यको बजेट राजस्व परिचालन गर्नु, वित्तीय क्षेत्रलाई सुदृढ पार्नु र राज्यको स्वामित्वमा रहेका उद्यमहरूको लागि व्यवस्थापन पारदर्शिता र प्रभावकारिता सुधार गर्नु हो ।

“यस कार्यक्रमको अनुमोदनले हाम्रा साझेदारहरूलाई विश्वास र इष्टतम अवस्थाहरू प्रदान गर्नेछ र भुक्तानी सन्तुलन र राज्य बजेटको उच्च आवश्यकताहरूको बीच पर्याप्त लयबद्ध वित्तीय प्रवाह सुनिश्चित गर्नेछ भन्ने विश्वास युक्रेनले गरेको छ,” बैंकका गभर्नर एन्ड्री पिशनीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।