सुनको मूल्यमा झिनो वृद्धि हुँदा चाँदी स्थिर,कतिमा हुँदैछ किनबेच?

अर्थबिट २०७९-०९-१० १०:५६:०० बजे

काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.१ लाख ५०० तोकिएको छ । गत शुक्रबार प्रतितोला रु.१ लाख ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु. २०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.१ लाख तोकिएको छ । यसको मूल्य गत शुक्रबार प्रतितोला रु. ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य गत शुक्रबारकै मूल्य रु.एक हजार ३९० कायम भएको महासङ्घले जनाएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।