सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

अर्थबिट २०७९-०९-१० १७:११:०० बजे

चीन।चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ ।

खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १ः४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र काम गरिरहेका भएपनि २२ जनालाई सकुशल बाहिर निकालिएको छ ।

खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन् ।

प्रशासनले खानी दुर्घटनामा सावधानी नअपनाइएको भन्ने फसेका कामदारको आरोपबारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।